श्रीलंका भारतलाई हराउँदै एसिया कप च्याम्पियन भए

काठमाडौं ।  श्रीलंकाले पहिलोपटक एसिसी एसिया कप महिला टी२० को उपाधि जितेको छ। श्रीलंकाको रंगगिरी क्रिकेट स्डेडियममा आइतबार सम्पन्न फाइनल खेलमा श्रीलंकाले भारतलाई आठ विकेटले पराजित गर्दै आठ विकेटले विजयी भएको हो।

भारतले दिलाएको १६६ रनको लक्ष्य श्रीलंकाले १८.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंका छैटौं प्रयासमा उपाधि जित्ने सफल भएको हो। यसअघिका पाँच फाइनलमा श्रीलंका भारतसँगै पराजित भएको थियो।

श्रीलंकका लागि हर्षिता समराविक्रमाले ५१ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरिन्। यसैगरी कप्तान चमारी अथापथुले ४३ बलमा नौ चौका र दुई छक्काको मद्दतले ६१ र काविशा दिलहरीले अविजित ३० रन बनाए।हर्षिताले दोस्रो विकेटका लागि अथापथुसँग ८७ र तेस्रो विकेटका लागि दिलहरीसँग अविजित ७३ रनको साझेदारी गरिन्। भारतका लागि एक मात्र विकेट दिप्ती शर्माले लिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो। भारतका लागि स्मृति मन्धनाले ४७ बलमा १० चौकाको मद्दले सर्वाधिक ६० रन बनाइन्। यसैगरी ऋचा घोषले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हरमनप्रित कौरले ११ रन बनाए। श्रीलंकका लागि काविशा दिलहरीले दुई तथा उदेशिका प्रबोधनी, सचिनी निसन्सला र चमारी अथापथुले समान एक विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर