सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक १४२.६ मिलिमिटर वर्षा

काठमाडौं ।  देशभरमा पछिल्लो २४ घण्टामा  सबैभन्दा ठूलो वर्षा सिन्धुपाल्चोकमा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) दिउँसो १:२८ बजे अपडेट गरेको विवरणअनुसार गत २४ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा वर्षा मापन केन्द्रमा १४२.६ मिलिमिटर वर्षा भएको हो। उक्त अवधिमा देशभरमा सबैभन्दा बढी मात्राको वर्षा यही हो।

देशभरमा दोस्रो नम्बरमा पनि सिन्धुपाल्चोककै ढुंगेमा ११७.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ। तेस्रो नम्बरमा भने लमजुङको बेँसीसहरमा १०२.६ मिलिमिटर वर्षा मापन भएको छ। चौथो नम्बरमा पनि लमजुङकै खुदी बजारमा १०१ मिलिमिटर वर्षा भएको छ। पछिल्लो २४ घण्टामा देशभरमा पाँचौँ नम्बरमा फेरि सिन्धुपाल्चोककै गोब्रे भन्ने स्थानमा ९९.४ मिलिमिटर वर्षा भएको छ। छैटौँ नम्बरमा पनि सिन्धुपाल्चोककै घुमथाङमा ९३.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर