इजरायलद्वारा गोलान हाइट्स आक्रमणको बदला, ३० जना प्यालेस्टिनी मारिए

काठमाडौं । इजरायली सेनाले गाजामा गरेको अर्को ठूलो हवाई हमलामा दर्जनौं मानिस मारिएका छन् । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले मध्य गाजाको देइर अल–बालाहमा रहेको विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा ३० प्यालेस्टाइनीको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति घाइते भएको बताएका छन्। आक्रमणपछि इजरायली सेनाले हमासको कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएको छ । गाजाको स्वास्थ्य मन्त्रालय र हमासद्वारा सञ्चालित सरकारी सञ्चारमाध्यमले देइर अल–बालाहको विद्यालयमा भएको आक्रमणमा मारिनेको संख्या कम्तीमा ३० जना रहेको बताएको छ । आक्रमण भएको क्षेत्र विस्थापित परिवारको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र हो।
इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि, “मध्य गाजाको खादिजा स्कूल परिसरभित्र हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको थियो।” इजरायली सेनाले भने कि स्कूललाई ​​हमास आतंककारीहरूले हाम्रा सैनिकहरू र हतियार भण्डारको रूपमा आक्रमण गर्न प्रयोग गरिरहेको थियो। आक्रमण गर्नुअघि सर्वसाधारणलाई चेतावनी दिइएको थियो।
देर अल–बालाहमा एम्बुलेन्सहरूले घाइते प्यालेस्टिनीहरूलाई अल–अक्सा अस्पतालको मेडिकल सुविधामा लगे। इजरायलको सेनाले शनिबार गाजाको भीडभाड भएको क्षेत्रलाई खाली गर्न आदेश दिएको छ जसलाई मानवीय क्षेत्र घोषित गरिएको छ। सेनाले खान युनिसमा हमास लडाकूहरू विरुद्धको अभियानको योजना बनाएको बताएको छ, जसमा मुवासीका केही भागहरू पनि छन्। मुवासी एउटा अस्थायी पाल शिविर हो जहाँ हजारौं मानिसहरू शरण खोजिरहेका छन्। इजरायलले गोलान हाइट्समा भएको रकेट आक्रमणको बदला स्वरूप उक्त आक्रमण गरेको प्रतिक्रियामा दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर