दाङमा गुडिरहेको ट्रकमा आगो लागेपछि जलेर नष्ट

काठमाडौं । दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो ।

लमही नगरपालिका –९ चाउखोलानजिक जंगल क्षेत्रमा आइतबार बिहान करिब ४ः२५ बजेतिर गुडिरहेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा आफैँ आगो लागेको देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ । प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर