प्रहरीद्वारा सुर्खेतमा घरले पुरिएकी बालिकाको सकुशल उद्धार

काठमाडौं । सुर्खेत प्रहरीले कच्ची घर भत्किएर च्चापिएकी बालिकाको उद्धार गरेको छ । प्रहरीले सुर्खेत जिल्ला सदरमुकाम वीरेन्द्रनगर–१२, करेखोलामा वर्षातका कारण ढुङ्गाको माटोले बनेको दुई तले कच्ची घर भत्किएर च्यापिएकी घाइते १४ वर्षीया बालिका सुशीला बुढाको सकुशल उद्धार गरेको हो ।

दुबै खुट्टामा चोट लागेर घाइते भएकी स्थानीय खम्म बुढाकी छोरी सुशीलाको उद्धारपछि प्रहरीले उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख रूपेश खड्काको नेतृत्वमा गएको १८ जनाको टोलीले नेपाली सेनाको सहकार्यमा भत्किएको घरमा पुरिएको खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडा निकालेर पीडित परिवारलाई रात्री बासस्थानको व्यवस्थासमेत गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर