नेपाली कप्तान पौडेलको जितबाट फ्रेन्चाइज टी–२० क्रिकेट लिगको सुरुवात

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितबाट फ्रेन्चाइज टी–२० क्रिकेट लिगको सुरुवात गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० लिगमा उनी आबद्ध  टोरोन्टो नेसनल्सले आइतवार बिहान सम्पन्न खेलमा जित निकालेसँगै उनको डेब्यू सुखद बन्न पुगेको छ ।

ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको गरेको हो । जारी लिगमा टोरोन्टोको यो लगातार दोस्रो जित हो । प्रतियोगितामा ढिलो सहभागी भएका कारण रोहितले पहिलो खेल भने गुमाएका थिए । रोहित वुल्भ्सविरुद्ध प्लेइङ–११ मा रहे । तर उनले ब्याटिङ–बलिङको अवसर भने पाएनन् थिएनन् । तर उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।

विदेशी लिगमा रोहितको यो पहिलो खेल हो । जितसँगै टोरोन्टो दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर