बिरामीको मृत्यु भएपछि धनगढीको नोभा अस्पतालमा तोडफोड

काठमाडौं । धनगढीको नोभा अस्पताल तोडफोड भएको छ । कञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसिब चौधरी मृत्यु प्रकरणले उग्र रूप लिएपछि अस्पतालमा तोडफोड भएको हो ।

जन्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रवार अपराह्न मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरबाही गरेकाले उनीमाथि कारबाहीको माग गरेका छन् ।

मृतकका आफन्तहरूले चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गर्दै अस्पतालमा तोडफोड गरेका हुन् । आक्रोशित पीडितका आफन्तहरूले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर