“कम्युनिस्ट पार्टीमा देखिएको अवसर समाजवादका लागि बाधक”

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिस्ट पार्टीका नेताले गरेको उनको भनाइ रहेको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष यादवले सत्ताका लागि कम्युनिस्टहरू राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीमा अवसरवाद मात्रै बाँकी रहेको उनले उल्लेख गरे । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीले भने मुलुकमा दुःख पाउनुपरेको बताए ।

उनले भने, ‘अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला। अहिलेका कम्युनिस्ट पार्टीका नेताको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ। त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन। त्यो युग अहिले आएको छ।’’ यादवले कम्युनिस्ट पार्टीमा देखिएको अवसर नै समाजवाद निर्माणको लागि बाधकको रूपमा देखिएको दाबीसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर