संक्रमणकालीन न्यायसम्बन्धी सैद्धान्तिक सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठकले सैद्धान्तिक सहमति जुटाएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार बिहान बसेको संयन्त्रको बैठकमा भएको छलफलका सम्बन्धमा जानकारी दिँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विधेयकमाथि सैद्धान्तिक सहमति जुटेको बताए ।
उनले भने, ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि हामीले सैद्धान्तिक सहमति जुटाएको छौं । यस विषयमा सोमबार सरोकारवालासँग छलफल गछौंँ । त्यसपछि संयन्त्रको बैठक बसेर यसलाई अन्तिम रूप दिने कुरा भएको छ ।’
यसैगरी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भने, ‘हामी यो विषयलाई अन्तिम रूप दिँदैछौं । फाइनल गर्नको लागि केही रायहरू पनि सोमबारसम्म लिन्छौँ । परामर्शपछि कार्यदलको अन्तिम बैठक बसेर टुंग्याउँछ ।’ पीडितमैत्री, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने भएको छ ।
संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव शर्मा सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर