अब पहिलो घर कर्जा साढे दुई करोडसम्म पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो घर कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको लागि शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा बढाएकाे हाे । राष्ट्र बैंकले २ करोड रुपैयाँबाट साढे २ करोड रुपैयाँ पुर्‍याइएको हाे । गत आर्थिक वर्षको मौद्रिक नीतिमा २ करोड रुपैयाँ पुर्‍याएको थियो । त्यो भन्दा अघिल्लो वर्ष पहिलो आवासीय घर कर्जाको सीमा डेढ करोड रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर