सहकारीपीडितको पाँच लाख फर्काउन राष्ट्र बैंकले सहजीकरण गर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा सरकारले बजेटमा व्यवस्था गरेको नीति कार्यान्वयन गर्न सहज गरिने उल्लेख छ ।

‘सरकारको बजेट वक्तव्यअनुसार समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि नेपाल सरकारलाई सहजीकरण गरिनेछ’, मौद्रिक नीतिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर