शेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा अधिकतम २० करोडको सीमा खारेज गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले जानकारी गराएका हुन् । पूँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थाहरूले बैंक तथा वित्तीय संस्थाबाट लिने मार्जिन प्रकृतिको ऋणको अधिकतम सीमा खारेज गरिने अधिकारीले बताए । यसअघि अधिकतम २० करोडसम्म मात्र लिन पाउने गरी सीमा तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर