सदनमा मेरो विरोध अन्तर्राष्ट्रिय प्रचलन हो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको बैठकमा आफूले भ्रष्टाचारको कुरा उठाउन आकस्मिक समय माग गरेको र उक्त समय नपाएकाले आफू अर्धनग्न भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा अर्धनग्न प्रदर्हन गरेर सबैलाई आश्चर्यचकित पारेका थिए ।

अर्धनग्न काण्डपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद सिंहले ठूल्ठुला भ्रष्टाचारको कुरा उठाउन खोज्दा समय नपाएको र आफू सदैव भ्रष्टचारको बर्खिलाप रहेको बताए । उनले भने, “वर्तमान केही सांसद, मन्त्रीदेखि पूर्व गृहमन्त्रीसम्मको नाम नक्कली भुटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने कार्यमा आइरहेको तर उनीहरुमाथि अनुसन्धानमा अवरोध भइरहेको देखेपछि आफूलाई चित्त नबुझेर कुरा उठाउन खोजेको तर समय नदिएकाले आफूले उक्त कदम चालेको हो ।”

उनले आफ्नो कदमको वचाउ गर्दै भने, “‘भ्रष्टाचारको विरोध देश र जनताका लागि थियो। भ्रष्टाचारको विरोध र जनताको लागि प्रदर्हन प्रहरी लगाएर निकाल्ने त के ज्यान दिन पनि तयार छु । जनताको प्रतिनिधि भएपछि उनीहरुको आवाज उठाउन संसदमा यस्तो प्रदर्शन गर्न पाइने अन्तर्राष्ट्रिय प्रचलन पनि हो।” (फाइलःतस्बिर)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर