प्रधानमन्त्री ओलीको यो खुशीको क्षण

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले महिला नेतृत्वसम्बन्धी चार संयोगहरुले आफूलाई खुसी लागेको बताएका छन् ।
ओली प्रधानमन्त्री भएको विभिन्न कालखण्डमा महिला विभिन्न उच्च ओहोदामा पुगेका छन्।

जसअनुसार विद्यादेवी भण्डारी (राष्ट्रपति), ओनसरी घर्ती(सभामुख) सुशीला कार्की (प्रधानन्यायाधीश) ओलीकै पालामा भएका थिए । अहिले लीलादेवी गड्तौला मुख्यसचिव बनेसँगै आफ्नो पालामा  महिला नेतृत्वको चार सुखद संयोग बनेको भन्दै ओलीले यसले आफूलाई पनि खुसी लागेको बताएका हुन् ।

‘सामाजिक सञ्जालमा हिजो धेरै साथीहरुले उच्च नेतृत्वमा पुगेका नेपाली महिलाको विषयमा लेखेको देखें।  आफ्नो सकारात्मक पहलमा भएका यी चार संयोगहरुले मलाई पनि खुसी लागेको छ’, ओलीले फेसबकुमा लेखेका छन् ।  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर