राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतन्याहुबिच भेट

काठमाडौं ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् ।  हाल अमेरिका भ्रमणमा रहेका उनले यसअघि अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गरेका थिए । अमेरिकी कांग्रेसलाई सम्बोधन गरेपछि नेतन्याहुले राष्ट्रपति बाइडेनलाई भेटेका हुन् ।

ह्वाइट हाउसले राष्ट्रपति बाइडेन र नेतन्याहुबीच गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको बताएको छ । हजारौं प्यालेस्टिनी समर्थकहरूले नेतन्याहुको भाषणको क्रममा भवन बाहिर विरोध प्रदर्शन गरेका थिए । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पनि नेतन्याहुलाई भेटेकी छन् । गाजा युद्ध सुरु भएको ९ महिना पुगेको छ । युद्ध अन्त्य गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरमा बिन्यामिन नेतन्याहुमाथि धेरै दबाब छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर