मुख्य सचिवमा लीलादेवी गडतौला र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

काठमाडौं । सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिव नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कायम मुकायम मुख्य सचिव लीलादेवी गडतौलालाई मुख्यसचिव नियुक्त गर्न निर्णय गरेको हो ।

योसँगै गड्तौला नेपालको निजामती प्रशासनको उच्च नेतृत्वमा पुग्ने पहिलो महिला मुख्यसचिव बनेकी छन् । त्यसैगरी, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष तथा सदस्यहरुको पनि नियुक्त गरेको छ। बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ ।

त्यसैगरी महोत्तरीकी डा. आरती विसार, धनुषाका डा. रमेशप्रसाद सिंह, अर्घाखाँचीका डा. प्रकाश श्रेष्ठ, झापाकी गीताकुमारी पौडेल अधिकारी, अर्घाखाँचीकै डा. जयबहादुर टण्डन र दार्चुलाका गंगादत्त वस्तीलाई राष्ट्रिय योजना आयोगको सदस्यहरुमा नियुक्त गरिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर