क्याप्टेन शाक्यको एउटा हड्डी र ३ वटा करङ्ग भाँचिएको अस्पतालको जानकारी

काठमाडौं । दुर्घटनाग्रस्त सौर्य एअरलाइन्सका घाइते क्याप्टेन मनीषरत्न शाक्यको ढाडको एउटा हड्डीका साथै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिएको अवस्थामा उपचार भइरहेको केएमसी अस्पतालले जनाएको छ ।

अस्पतालकी निर्देशक प्रा. डा. मीना थापाले क्याप्टेन शाक्यको ढाडको एउटा हड्डीका साथै देब्रे पट्टिको ३ वटा करङ्ग भाँचिए पनि अनुहार तथा नाक आँखाका चोटहरुको हिजै उपचार भइसकेको र अन्य जटिलताहरु नदेखिएको जानकारी दिइन् ।
“क्याप्टेन मनीष रत्न शाक्यलाई उद्धार गरी काठमाडौं मेडिकल कलेज के.एम.सी सिनामंगल ल्याई सघन कक्षमा उपचार भइरहेको सबैमा जानकारी गराउँदछौं । उहाँको उपचार कक्षमा उपचार अनुहार, आखाँ, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन्”, उनले भनिन् । साथै, अस्पतालले दुर्घटनामा ज्यान गुमाएका १८ जनाप्रति श्रद्धात्तजली अर्पण गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर