नेप्से परिसूचक ३२ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक ३२ अंकले बढेको छ । नेप्से १.२६ प्रतिशतले बढेर २५६८.११ को विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहीबार १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा दुई अर्ब सात करोडले कम हो । १४३ कम्पनीको सेयर मूल्य बिहीबार बढेको छ । ९६ कम्पनीको सेयर मूल्य घट्दा तीन कम्पनीको स्थिर छ । साताको अन्तिम कारोबार दिन तीन करोड ५५ लाख ९४ हजार ८६८ कित्ता सेयर किनबेच भएको छ ।

चार उपसमूहको समूहगत परिसूचक घटेको छ भने, बाँकी ९ वटाको परिसूचक बढेको छ । सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको छ । यस्तै, मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ७.६५ अंकले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर