अस्पतालबाट भागेका तीनैजनामा हैजा संक्रमण भएको पुष्टि

काठमाडौं ।  ललितपुरमा थप दुई जनामा हैजा सक्रमण पुष्टि भएको छ। टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसाैलाका अनुसार केही दिन अघि हैजा पुष्टि भएको ललितपुरकाे पुनर्स्थापना केन्द्रका नै थप दुई जनामा हैजा पुष्टि भएको हो।

“भर्खर रिपोर्ट आएको छ”, डा. बसौलाले भने, ‘तीन जनाको नमुना पठाउँदा दुई जनाको पोजेटिभ आएको छ।’ उनीहरूमा पनि हैजाको संक्रमण हुनसक्ने आशंकामा  टेकु अस्पताल भर्ना भएका थिए। तर उनीहरू पछि आफैं अस्पतालबाट भागेका थिए। अहिले उनीहरू अन्यत्रै उपचार गराइरहेको आफूले थाहा पाएको बसौलाले बताए। यीसहित हैजा पुष्टि हुनेको संख्या तीन पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर