७३ जिल्लामा डेंगु, १६८ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभरमा १६८ जना डेंगुको नयाँ बिरामी थपिएका छन् । जुलाई १८ देखि २२ सम्मको चार दिनको अवधिमा १६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यससँगै देशभर १ हजार ८ सय २५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जुलाई १८ मा १ हजार ६ सय ५७ जना डेंगु बिरामी थिए । हालसम्म देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । जुम्ला, हुम्ला, डोल्पा र मुस्ताङ गरी चार जिल्लामा डेंगु सङ्क्रमणबाट सुरक्षित रहेको ईडीसीडीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर