काठमाडौं, सिन्धुपाल्चोक र दोलखामा गएराति ठूलो वर्षा

काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक र दोलखामा गएराति ठूलो वर्षा भएको छ । पछिल्लो १२ घण्टामा काठमाडौंको सुन्दरीजलमा ७९ मिलिमिटर र बूढानीलकण्ठमा ७७ दशमलव २ मिलिमिटर पानी परेको छ । यस्तै दोलखाको सिङ्गटीमा ६६ दशमलव ६ र सिन्धुपाल्चोकको भोताङमा ५४ दशमलव ४ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढुङ्गे र आसपासमा ठूलो पानी परेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदीहरुमा आकस्मिक बहावको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै काठमाडौंको बूढानीलकण्ठ, ककनी, सुन्दरीजल र आसपास पनि ठूलो पानी परेकाले बागमती नदी, धोबीखोला, विष्णुमती नदीमा जल सतहले खतरा तह पार गरेकोले तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर