नेपाली आकाशमा हालसम्म ६९ वटा दुर्घटना

काठमाडौं । नेपालमा हवाई यातायात प्रणाली सुरु भएयता नेपाली आकाशमा हालसम्म ६९ वटा दुर्घटना भएका छन् । नेपाली आकाशमा घटेका साना–ठूला हवाई दुर्घटनामा परेर ९ सय १८ जना ज्यान गएको छ।

विश्वभर हुने हवाई दुर्घटनाको रेकर्ड राख्ने संस्था ब्युरो अफ एअरक्रफ्ट एक्सिडेन्ट आर्काइभ (विविएए) का अनुसार पहिलो पटक मानवीय क्षति हुने गरी सन् १९५५ मा कालिङ्गा एअरलाइन्सको विमान बारा जिल्लाको सिमरामा दुर्घटना भएको थियो । त्यतिबेलाको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो ।

विविएएका अनुसार नेपालमा भएका ६९ हवाई दुर्घटनामध्ये सबैभन्दा बढी मानवीय क्षति सन् १९९२ मा ललितपुरमा पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको एअरबस ए ३०० को दुर्घटनामा भएको थियो । जुन दुर्घटनामा १६७ जनाले ज्यान गुमाएका थिए । यस्तै थाई इन्टरनेसनलको विमान नुवाकोटको तालुकाशिर घोप्टेभीरमा दुर्घटना भएको थियो । जुन दुर्घटनामा ११३ यात्रीको मृत्यु भएको थियो । यस्तै आज बिहान मात्रै सौर्य एअरलाइन्सको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । आज भएको विमान दुर्घटना नेपाली आकाशमा घटेको ६९ औं हो । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर