भोलि राष्ट्रिय झण्डा आधा झुकाइने, विमान दुर्घटनासम्बन्धी छानबिन समिति गठन

काठमाडौं । सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझावसहित ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार अपराह्न बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा दुर्घटनाको छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

छानबिन समितिका सदस्यहरुमा दीपराज ज्वारचन नेपाल वायुसेवा निगमका क्याप्टेन, प्राध्यापक डा. सुदीप भट्टराई पुल्चोक इन्जिनियरिङ क्याम्पस, सञ्जय अधिकारी श्री एअरलाइन्सका कर्मचारी, मुकेश डंगोल सदस्य–सचिव, हवाई ट्राफिक कन्ट्रोल अफिसर नागरिक उड्यन प्राधिकरण रहेका छन् ।

मन्त्रिपरिषदको बैठकले दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी १० गते बिहीबार सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको पनि प्रवक्ता मन्त्री गुरुङले बताए ।

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर