काठमाडौंका अव्यवस्थित तार सोमबारदेखि व्यवस्थापन गर्ने कार्यको सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका  अव्यवस्थित तार आज सोमबारदेखि व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउनका साथै बिभिन्न प्रकारका घटनालाई नियन्त्रण गर्न महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तारको व्यवस्थापन गर्न सुरु गरेको हो ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  कार्य सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर