हैजाका तीनजना बिरामी अस्पतालबाट भागे, डाक्टरहरू हैरानमा

काठमाडौं । हैजाको आशंकामा उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका तीन जना बिरामी भागेका छन्। तीनमध्ये एक शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए।

“ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि अस्पताल ल्याइएको थियो। तीमध्ये एक जनालाई हैजा पुष्टि भइसकेको छ”, डा. बसौलाले भने। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेको तीनै जना सोमबार राति अस्पतालबाट भागेका हुन्। उनीहरुको हैजासम्बन्धी रिपोर्ट आउन बाँकी छ। बिरामीहरू भागेपछि अस्पतालका डाक्टरहरू हैरान भएका छन् । उनीहरूले हैजाको किटाणु सार्ने प्रवल सम्भावना रहेको डाक्टरहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर