भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका वडा नम्बर–६ डेकोचामा व्यासीबाट कमलविनायक जाँदै गरेको बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। बागमती ३ ख ५०८० नम्बरको बसले मंगलबार राति पौने ९ बजे अचानक एक पुरुषलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा राति नै मृत्यु भएको हो। पहिचान नखुलेको शव सोही अस्पतालमा राखिएको छ। बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० घर भई भक्तपुर आदर्श बस्ने ४५ वर्षीय अहमद हुसेनलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर