आगो लागेको विमानभित्रबाट चारजनाको शव निकालियो

काठमाडौं । सौर्य एअरलाइन्सको आगलागी भएको जहाजबाट चारजनाको शव निकालिएको उद्धारमा खटिएको अग्नि नियन्त्रकहरूले बताएका छन् । जहाजमा १९ जना यात्रु सवार रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। काठमाडौंबाट पोखरा उड्न तयार रहेको अवस्थामा त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको थियो । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । जहाजबाट क्याप्टेन मनीष शाक्यको उद्धार गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले क्याप्टेन शाक्यको उद्धार गरी उपचारार्थ केएमसी अस्पताल लगिएको जानकारी दिए। सौर्य एअरलाइन्सको एएन एएमपी सीआरजे२०० जहाज ०२ रनवेमा उडेलगत्तै दुर्घटनामा परेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर