बीस हजार अमेरिकी डलरसहित नुर्पु तामाङ पक्राउ

काठमाडौं । लुकाइ छिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको बीस हजार अमेरिकी डलरसहित एक नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आमाछोदिङ्मो गाँउपालिका पाँच पाजुङका २२ वर्षीय नुर्पु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । रसुवागढी नाका हुँदै चीनको केरुङतर्फ लैजान लागेको अवस्थामा तामाङलाई गोसाईकुण्ड गाँउपालिका–२ स्थित टिमुरेबाट रसुवागढीतर्फ गईरहेको अवस्थामा पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त्त टोलीले चेक गर्ने क्रममा अमेरिकी डलर एक सयका नोट दुई सय थान गरी बीस हजार अमेरिकी डलरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए । थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर