लुम्बिनीमा एमालेभित्र किचलो, मुख्यमन्त्री आचार्यले लिए शपथ

काठमाडौं ।  लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गराएका थिए ।

नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन् ।प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नुभएका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गराएका थिए । प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने  छ ।

मुख्यमन्त्री नपाएपछि संसदीय दलका नेता गिरीको पदबाट राजीनामा

मुख्यमन्त्री नपाएपछि असन्तुष्ट बनेका नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले पदबाट राजीनामा दिएका छन्। दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि उनी असन्ष्ट छन्। बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी राजिनामा दिएका हुन्। उनी अन्य पदमा भने यथावत् रहेको कँडेलले जानकारी दिए। उनी एमालेको पोलिटरो सदस्य सदस्यसमेत हुन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर