कुलमान ब्याक, काटिएका बिजुली उद्योगमा जोडियो

काठमाडौं । काटिएका ६ वटै उद्योगमा बिजुलीको लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको लाइन जोडिएको छ ।
मंगलबार राति ८ बजे पछिदेखि सबै उद्योगका विद्युत् आपूर्ति नियमित गरिएको प्राधिकरणले जनाएको छ । मंगलबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले तत्कालका लागि उद्योगहरुको लाइन जोड्ने निर्णय गरेको थियो । उक्त निर्णयमा ूतीन महिनाभित्र बक्यौता भुक्तानी नगरेमा असुल उपर गर्न कारबाही अघि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशन अनुसार उद्योगका विद्युत् लाइनहरु जोड्नेू भनिएको छ ।

प्राधिकरणले लाल आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै २०७२ माघदेखि २०७५ बैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई १५ दिनको समय तोकेर पत्र पठाएको थियो । यस अनुसार ६ अर्ब ६० करोड रुपैयाँ समयमा नतिरेको भन्दै करिब दुई साताअघि ती उद्योगमा लाइन काटेको थियो ।

यसअघि उद्योगको लाइन काटिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली नै उद्योगीको प्रतिरक्षामा उभिएका थिए । उनले ऊर्जामन्त्री, उर्जासचिव, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाएर उद्योगीकै अगाडि लाइन जोड्न निर्देशन दिएका थिए । तर मन्त्रिपरिषद्को निर्णयको आधारमा लाइन काटिएकोले जोड्न पनि मन्त्रिपरिषद्कै निर्णय चाहिने भन्दै कुलमानले लाइन जोड्न मानेका थिएनन् । पछि विद्युत् नियमन आयोगले समेत प्राधिकरणलाई यस्तै व्यहोराको पत्र पठाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर