क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

काठमाडौं । क्रोएसियाको एक नर्सिङ होममा एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब एक सय ३० किलोमिटर पूर्वमा रहेको दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाउदा उक्त हताहती भएको बताइएको छ ।

घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको एचआरटीले जनाएको छ । अपराधमा संलग्न व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको  प्रहरीले जनाएको छ । क्रोएसियाको प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएको छ । क्रोएसियाली अखबार जुटार्नजी लिस्टले कथित गोली हान्ने व्यक्तिलाई सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर