दक्षिण भारतीय फिल्म उद्योगमा लागूऔषधको ओसारपसार तीब्र गतिमा बढ्दै

काठमाडौं । दक्षिण भारतीय फिल्म उद्योगमा लागूऔषधको ओसारपसार तीब्र गतिमा बढ्दै गएको छ ।

हालै मात्रै मलयालमका दुई कलाकार विरुद्ध लागूऔषध ओसारपसार गरेको आरोपमा उजुरी दर्ता भएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार बलिउडपछि मलयालम फिल्म उद्योगमा लागूऔषध सेवन गर्ने कलाकारको नाम सार्वजनिक भएपछि अहिले यी कलाकारहरु चर्चामा रहेका छन् ।

हालै मलयालम निर्माता रञ्जितले फिल्म सेटमा लागूऔषध सेवन गर्ने दुई कलाकार शान निगम र श्रीनाथ भासी विरुद्ध एशोसिएसनमा उजुरी दर्ता गरेका थिए । उजुरी गरेपछि चलचित्र संघले दुवैलाई फिल्म उद्योगमा प्रतिबन्ध लगाएको थियो । अब संघले सेटमा लागूऔषध सेवन गर्ने कलाकारको नामको सूची तयार गरिरहेको छ ।

विवाद चर्किएपछि अहिले प्रहरीले आकस्मिक रुपमा बैठक बोलाएको छ । अबदेखि फिल्मको सेटमा प्रहरीको उपस्थिति सधैं अनुसन्धानको क्रममा रहनेछ। त्यस्तै, केरलाका संस्कृति तथा चलचित्र मन्त्री साजी चेरियनले पनि फिल्म उद्योग र कलाकारहरुप्रति निराशा व्यक्त गरेका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर