सर्वोच्चभित्रै प्रहरीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ परेका छन् । सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रीता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेका थिए । फैसलाको नक्कल लिनका लागि आएको बताएपनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचय पत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवाल जवाफ भएको थियो ।

विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभावी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए । प्रहरीमाथि हातपातमै उत्रिएकी चौधरीलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो । अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न हाल सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर