लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार एमाले संसदीय दलको उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । आचार्य  एमाले र नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर