सेयर बजारमा २.१५ अंकको वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार २.१५ अंकले बढेर २४८८ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएको आज ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सात वटा उपसूचक हरियाली भएको छ । उक्त दिन मुक्तिनाथ कृषि कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल फाइनान्सको ८.६७ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको ७.९३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ७.९० प्रतिशत, बलेफी हाइड्रोपावरको ६.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ३४ करोड ७८ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस दिन कुमारी बैंकको २८ करोड १८ लाख ४४ हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको २५ करोड ६३ लाख ३३ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको २४ करोड ९९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर