रेलिगेशन ब्याटरमा रहेका तीन टिमले सोमबार प्रतिस्पर्धा गर्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो लेगको तेस्रो चरणका खेल सोमबार हुदैछ । रेलिगेशन ब्याटरमा रहेका तीन टिमले सोमबार प्रतिस्पर्धा गर्दैछन् ।

रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्सले खुमलटारसँग च्यासल मैदानमा दिउँसो ३ बजे खेल्दैछ । फ्रेन्ड्स १६ अंक सहित तालिकाको १३ औं र खुमलटार १७ अंक सहित तालिकाको १२ औं स्थानमा छ । तालिकाको पुछारमा रहेका दुवै टिमलाई अंक तालिकामा सुधार गर्ने अवसर शनिबार रहेको छ ।

अर्को खेलमा पुछारको पुलिसले मनाङ मस्र्याङ्दी क्लबसँग एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे खेल्दैछ । पुलिसलाई तीन अंक बटुल्दै तालिकामा स्थान सुधार गर्ने अवर प्राप्त छ । नयाँ प्रशिक्षक विष्णु गुरुङको आगमनले उत्साहीत मनाङले पुछारको पुलिसविरुद्ध जितको कोशिश गर्नेछ ।

मनाङ १५ खेलबाट १९ अंक सहित आठौं स्थानमा छ । पुलिस १५ अंक सहित तालिकाको पुछारमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर