लुम्बिनीमा नयाँ सरकारका लागि आह्वान

काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले हिजो प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ सरकार गठनका दावी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालय, बुटवलले हिजो साँझ जारी गरेको विज्ञप्तिमा साउन ७ गते आज सोमबार बेलुका साढे ६ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका दावी पेश गर्नुपर्छ । केन्द्रमा फेरिएको नयाँ समिकरण अनुसार तीन महिनामा माओवादी नेतृत्वको सरकार ढलेर अब नेकपा एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर