सुनको मूल्य तोलामा १ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज सोमबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ। आइतबार प्रतितोला एक हजार तीन सय रुपैयाँ घटेको सुनको भाउ आज एक सय रुपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुन आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर