फिस्लिङमा पहिरो जाँदा मुग्लिन–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो जाँदा मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएको छ । सोमबार बिहान पौने ५ बजेतिर लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो पन्छाउने काम जारी छ । पहिरो पन्छाएर बाटो खुलाउन दुई वा तीन घण्टा लाग्ने प्रहरीको अनुमान छ । (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर