आइपीएल – कोलकत्ता र पन्जाब खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज सोमबार एक खेल हुदैछ ।

कोलकत्ताको घरेलु इडन ग्राडेनमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठबाट हुनेछ ।

कोलकत्ताले पछिल्लो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो । कोलकत्ता दश खेलमा चार जित र छ हारका साथ आठौं स्थानमा रहेको छ ।

आजको खेल जितेर कोलकत्ता प्लेअफ सम्भावना जिवित राख्न चाहन्छ ।

पन्जाबलाई पनि प्लेअफ सम्भावना बलियो बनाउन यस खेलमा जित आवश्यक रहेको छ । पन्जाब दश खेलमा पाँच जित र पाँच हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा पन्जाब मुम्बई इन्डियन्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पाँच खेलमा तीन पटक पन्जाब तथा दुईमा कोलकत्ता विजयी भएका छन् ।

यो सिजन दुई टोली दोस्रो पटक खेल्दै छन् । यस सिजन दुई टोलीबीचको पहिलो भेटमा पन्जाब डीएलएस मेथडमा ७ रनले विजयी भएको थियो । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर