बागमतीका मुख्यमन्त्री जम्कट्टेलद्वारा राजीनामाको घोषणा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेशसभाको बैठकमा राजीनामा घोषणा गरेका हुन् ।

सरकारलाई दिएको समर्थन नेकपा एमालेले गत असार २४ गते फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको थियो । मुख्यमन्त्री जम्कट्टेलले अल्पमतमा परेपछि प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्न पेस गरेको प्रस्ताव अगाडि बढाउने कार्यतालिका रहेकोमा उनले मार्ग प्रशस्त गर्न भन्दै राजीनामा घोषणा गरेका थिए ।

राजीनामा घोषणा गर्दै मुख्यमन्त्री जम्कट्टेलले भने, “पहिलो र दोस्रो मिलेर सरकार बनाउने अवस्थामा हामीले लिने विश्वासको मतले सार्थकता पाउन सक्दैन त्यसैले नयाँ सरकार बनाउन मार्ग प्रसस्त गर्ने निर्णयमा पुगेका हौँ ।’’

उनले संस्कारयुक्त राजनीतिका लागि मतदानको प्रक्रियामा नजाने निर्णयमा पुगेको बताए । उनले प्रदेशको विकासका लागि सबै दलहरु मिलेर जानुको विकल्प नरहेको जिकिर गरे । यसअघि उनले प्रदेशलाई अधिकारविहीन भएको भन्दै कांग्रेस र एमालेबिचभएको समीकरण प्रदेशको अधिकारका लागि नभएको बताएका थिए । संविधान संशोधन सहज विषय नभएको र देशले स्वीकार नगर्ने बताउँदै उनले निर्वाचन प्रणाली परिवर्तन गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर