प्रधानमन्त्री ओलीद्वारा विश्वासको मत लिन प्रस्ताव प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । प्रसताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने हो ।”

उनले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गरिने बताए । उनले कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउने पनि बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारी एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने जानकारी दिए । उनले सहकारीपीडितका सम्बन्धमा उचित निर्णय लिने पनि बताए । उनले जो कोही भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाए । उनले सुशासनका लागि स्टण्ड नभएर सही विचार चाहिने औंल्याए ।
‘‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारीउपर कानुनी कारबाही अघि बढाउँछौं ।’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारी पीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौं । सुशासनका लागि स्टण्ट होइन सही इन्टेन्सन (नियत)चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर