अत्याधुनिक उपकरणसहित भारतीय गोताखोर टोली खोजी कार्यमा

काठमाडौं । नारागणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र सवार यात्रीको खोजीमा भारतीय गोताखोर टोली काममा जुटेको छ ।

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली आज आइतबार बिहानदेखि खोजतलासमा जुटेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेएको बागमती प्रदेश०३(००६ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका छन् । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त गोताखोर टोली नेपाल आएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर