सुन प्रतितोला १३ सय घट्यो

काठमाडौं । आज आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घटेको छ । सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८२० रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर