सिमलताल दुर्घटना : भारतीय गोताखोरले ७ दिनसम्म खोजी कार्य गर्ने

काठमाडौं । पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोलीले सात दिनसम्म आफ्नो काम जारी राख्ने भएका छन् । आइपुगेको छ। नेपाल सरकारको अनुरोधमा भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) का प्राविधिक टोली प्रविधिसहित चितवन आइपुगेको प्रमुख जिल्लाअधिकारी इन्द्रदेव यादवले बताए ।
सोनार क्यामरा र चार जना गोताखोरसहित ११ जनाको टोलीले शनिबारदेखि सात दिनसम्म घटनास्थलमा रहेर खोज तथा उद्धारमा खटिने छन्। ‘नेपाल सरकारले थप अनुरोध गरेमा थप निर्णय भएमा सोहीबमोजिम हुनेगरी हाललाई ७ दिनका लागि उहाँहरु आउनुभएको छ”, यादवले भने, ‘हामीले घटनास्थल र घटनाको बारेमा जानकारी गराएर घटनास्थलतर्फ पठाएका छौं ।’
एक सातादेखि त्रिशूलीमा बेपत्ता बस अझै भेटिएका छैनन् । बससँगै हराइरहेका ६२ यात्रुमध्ये हालसम्म २५ जनाको शव भेटिएको छ । ३७ जना अझै बेपत्ता छन् । वीरगन्जबाट काठमाडौैं आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस गत शुक्रबार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । दुवै बसमा गरी ६५ यात्रु रहेकामा ३ जना पौडिएर बाँचेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर