बंगलादेशमा देशव्यापी कर्फ्यु घोषणा

काठमाडौं । बंगलादेशमा हिंस्रक प्रदर्शन र झडपका घटना बढेपछि देशव्यापी कर्फ्यु घोषणा गरिएको छ । प्रधानमन्त्री कार्यालयले राजधानी ढाकालगायत धेरै शहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको बीबीसीले जनाएको छ ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ । शुक्रबार नरसिङदीको कारागारमा आक्रमण भएको थियो । उक्त कारागारबाट सयौं कैदी भागेका छन् । झडपमा पचासभन्दा बढी व्यक्तिको मृत्यु हुनाका साथै सरकार भवनहरूमा आगजनीका घटना भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर