वेस्ट ह्यासँग युनाईटेड पराजीत

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले वेस्ट ह्यामसँग हार ब्यहोरेको छ । आईतबार राति युनाईटेडले घरेलु टोली वेस्ट ह्यासँग १–० को हार ब्यहोरेको हो ।

वेस्ट ह्यामका सइद बेनरहमाले खेलको २७ औं मिनेट विजयी गोल गरेका थिए । युनाईटेडले तालिकाको तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

शीर्ष चारमा रहेको युनाईटेडलाई पाँचौ स्थानको लिभरपुलसँग अग्रता बढाउने अवसर थियो ।

चौथो स्थानको युनाईटेडको ३४ खेलबाट ६३ अंक छ । पाँचौ स्थानको लिभरपुलको ६२ अंक छ । वेस्ट ह्याम ३७ अंक सहित तालिकाको १५ औं स्थानमा छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर