तीन दलले संविधानको धारा ७२ (२) बारे संसदमा प्रश्न उठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित तीन प्रतिपक्षी दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेका छन् । सिंहदरबारमा हिजो शुक्तबार बसेको माओवादी, रास्वपा र नेकपा एसका नेताहरुको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालिएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६ (२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्त रुपमा उठाउने सहमति भएको उनले बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा प्रतिपक्षी दलसँग साझा धारणा बनाएर अघि बढने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर