बाइडेनलाई उम्मेदवारी फिर्ता लिन दबाब

काठमाडौं ।  अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई लिएर डेमोक्र्याटिक पार्टीभित्र धेरै आवाज उठ्न थालेका छन् ।

अर्कोतर्फ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिइरहेको देखिन्छ । यस्तो अवस्थामा बाइडेनको अभियान थप दबाबमा देखिन थालेको हो । केही डेमोक्र्याटहरूले राष्ट्रपति चुनावमा पार्टीको सम्भावनाको अन्धकार चित्र प्रस्तुत गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर