एसिसी महिला एसिया कपमा नेपालको सुखद सुरुवात

काठमाडौं ।  एसिसी महिला एसिया कपमा नेपालले सुखद सुरुवात गरेको छ । एसिया कपको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको हो । जितका लागि ११६ रनको लक्ष्य पाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो ।

नेपालको जितमा ओपनर सम्झना खड्काले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरिन् । खड्काले सानदार ब्याटिङ गर्दै ४५ बल ७२ रनको योगदान दिइन् । उनले ११ चौका प्रहार गरिन् । पुजा महतो ७ रनमा नटआउट रहिन् । नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रनको योगदान दिइन् भने रुविना क्षेत्री १० रनमा आउट भएकी थिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ११६ रनको लक्ष्य दिएको थियो । त्यसक्रममा नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १९ रन खर्चिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक विकेट लिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर